राजनीति


‘खहरेको बाढी रोक्न सवा अर्ब बजेट ल्याएँ, दुई वर्षभित्र समाधान गर्छु’

‘खहरेको बाढी रोक्न सवा अर्ब बजेट ल्याएँ, दुई वर्षभित्र समाधान गर्छु’

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १९:८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 

काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थापाले शुक्रबार आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

'खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ', उनले अगाडि भने। 

आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उनको भनाइ छ।

महामन्त्री थापाले खहरेको छेउका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गरे। 

बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउको बस्तीमा सामान्य वर्षामा पनि बाढी पस्ने गर्छ । 

उनले बाढीको समस्या समाधान गर्न पटक-पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए। 

महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .