राजनीति


नवलपरासी २ मा गठबन्धनको बलमा एमालेलाई कांग्रेसको टक्कर

नवलपरासी २ मा गठबन्धनको बलमा एमालेलाई कांग्रेसको टक्कर

नेपालखबर
कात्तिक २९ , काठमाडौँ

आसन्न चुनावमा  पूर्वी नवलपरासी क्षेत्र नं. २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ। 

यहाँ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले) का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ। 

कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन्।

एमालेका महत पुरानो विरासत जोगाउँदै दोस्रो पटक जितेर संसद् प्रवेश गर्ने साोचमा छन्। वि.सं. २०४८ देखि यस क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ।

वि.सं. २०७४ को चुनावमा एमालेका महतले कांग्रेसका कार्कीलाई एक हजार तीन सय तीन मतान्तरले पराजित गरेका थिए। 

तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत ल्याएका थिए। 

तर अहिले सन्दर्भ बदलिएको छ। त्यस बेला महतलाई भोट हालेको नेकपा (माओवादी केन्द्र)ले यस पटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ। 

अर्कातिर एमाले फुटेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेसकै साथमा छ। 

पाँच स्थानीय तह र ४०  वडा रहेको यो निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र  माओवादी केन्द्र र राप्रपाले एक/एक वडा जितेका थिए।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार पाँच सय, कांग्रेसले ३८ हजार पाँच सय ८७, माओवादीले एक हजार सात सय ४२, राप्रपाले दुई हजार तीन सय ६५ मत प्राप्त गरेका छन्। 

सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको कांग्रेस उम्मेदवार कार्कीको तर्क छ। 

उनले पहिलो पटक जित निकाल्ने दाबी गरेका छन्। तर विरासत जोगाएर दोस्रो पटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत छन्। 

कूल एक लाख २९ हजार दुई सय ८० मतदाता रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

कात्तिक २९, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.