नेकपा एमालेका नेता योगेश भट्टराईले चुनाव प्रचारको नयाँ शैली अपनाएका छन्। मतदातासँग भेट्ने मन हुँदा हुँदै पनि कतिपय ठाउँमा पुग्न नसकेको भन्दै भट्टराईले मतदाताको नाममा चिठी पठाएका हुन्।
नेकपा एमालेका तर्फबाट ताप्लेजुङमा ण्प्रतिनिधिसभा सदस्उ उम्मेदवार रहेका भट्टराईसहित प्रदेशसभा सदस्यका उम्मेदवारहरू हस्ताक्षर सहित चिठी पठाएका छन्।
सामाजिक सञ्जालमार्फत चिठी सार्वजनिक गर्दै योगेशले भनेका छन्,भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौं। त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौ है। अनुकल समयमा भेट हुनेनै छ!’
उनले चिठीमार्फत सँधै मैं तपाईको साथ, सहयोग र आशिर्वाद प्राप्त हुनेमा विश्वस्त भएको बताएका छन्।

63
Shares

प्रतिक्रिया