ad ad

राजनीति


केकी अधिकारीले गगन थापालाई दिइन् जितको शुभकामना (भिडिओ)

केकी अधिकारीले गगन थापालाई दिइन् जितको शुभकामना (भिडिओ)

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १४:१५, काठमाडौँ

अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन्। फेसबुकमा भिडिओ सन्देशमार्फत केकीले गगनको प्रशंसा गर्दै जितको अग्रिम शुभकामना दिएकी हुन्। दुई मिनेट २० सेकेन्डको भिडिओमा केकीले गगनका अहिलेसम्मका काम र उनीसँग भएको भेटको स्मरण गर्दै उनलाई धन्यवाद दिएकी छन्। 

यसैबीच गगन थापाले पनि केकीको त्यो भिडिओ सन्देश सेयर गर्दै उनीप्रति आभार प्रकट गरेका छन्। 

भिडिओ सन्देशमा केकीले भनेकी छन्, ‘गगन थापा दाइलाई अलग–अलग समयमा विभिन्न माध्यमबाट भेट्ने र चिन्ने अवसर पाएको छु। ती साना तर कहिलेकाहीँ हुने भेटमा पनि उहाँले मलाई बैनीका रुपमा दर्शाउनु हुने मायाप्रति कृतज्ञ छु। यही क्रममा उहाँसँग हुने संवादहरुमा उहाँले दर्शाउनुभएको राष्ट्रप्रतिको निष्ठा, नेपाली जनताप्रतिको सेवा भाव र इमान्दारिता अनि संसद् र संविधानप्रतिको लगाव र प्रतिबद्धता निकै नै प्रशंसनीय छ। कोभिड महामारीको समयमा उहाँले मेरो सामाजिक सञ्जालमार्फत मेरो र मेरा शुभचिन्तकहरुको प्रश्नको जवाफ दिनुभएको त्यो क्षणलाई अहिले सम्झिन चाहेँ।’ 

केकीले अगाडि भनेकी छन्, ‘जनसरोकार र जनजीविकाको सवालमा त्यस कठिन समयमा पनि जनप्रतिनिधिको रुपमा उहाँले देखाउनुभएको तदारुकता भूमिका संघर्ष र साहस हामी सबैका लागि प्रेरणादायी बनेको छ। नेपाली कला, नेपाली संस्कृति, साहित्य र चलचित्रप्रति पनि उहाँको विशेष अभिरुचि भएको मैले पाएको छु। त्यति मात्र नभएर भर्खरै आफ्नो कार्यकाल पूरा गरेको संघीय संसद्‌मा उहाँले प्रतिपक्षमा रहँदा मात्र नभई सत्ता पक्षमा रहँदा पनि राष्ट्रिय चासोको मुद्दाहरुमा राज्यलाई खबरदारी गर्ने र संसद्को ध्यानाकर्षण गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले नेपाली जनताहरुको मुद्दामा चासो राख्ने र सक्रियता देखाउने कमै जनप्रतिनिधिमध्ये आफूलाई अग्रणी भूमिकामा राख्नुभएको छ। यसका लागि दाइलाई आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भई पूरा गर्नु भएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु।’

केकीले गगनलाई जितको शुभकामना दिँदै भनेकी छन्, ‘गगन दाइलाई आफ्नो क्षेत्रबाट यस आसन्न निर्वाचनमा विजयी भई असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा निरन्तर अगाडि बढाउनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। उहाँको जितसँगै हाम्रा लागि नयाँ-नयाँ सम्भावनाका ढोकाहरु खेल्ने एक उदाहरणीय र एक सफल राजनीतिज्ञका रुपमा दाइको उदय होस् भन्ने पनि चाहन्छु। यस निर्वाचनमा दाइको विजयको अग्रिम शुभकामना।’

केकीको भिडिओ सन्देश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .