कारोबार


सुर्खेतमा बुद्धले गर्‍यो एटीआर७२ बाट परीक्षण उडान, २ जहाज थप्ने

सुर्खेतमा बुद्धले गर्‍यो एटीआर७२ बाट परीक्षण उडान, २ जहाज थप्ने

दिनेश बुढा
कात्तिक ३० , सुर्खेत

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सुर्खेतमा एटीआर ७२ विमानको परीक्षण उडान गरेको छ। 

परीक्षण उडानको रिपोर्ट अनुकूल आए आगामी जनवरी २३ बाट साताको दुईवटा उडान गर्ने कम्पनीले जनाएको छ। 

यसअघि पनि सन् २०१३ फेब्रुअरी १ बाट बुद्धले १८ सिट भएको  बिचक्राफ्ट १९०० डीबाट उडान सुरु गरेको थियो। पछिल्लो ५ वर्षयता उसले ४७ सिटको एटीआर ४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको छ। 

यात्रुको मागअनुसार अब थप क्षमतामा उडान गर्न परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ।

हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडामा पर्ने भएकाले पनि एटीआर ७२ विमानमार्फत उडानको तयारी गरेको बुद्धले जनाएको छ। एटीआर७२ को भाडादर ७५ सय रुपैयाँ लाग्ने बुद्ध एयरले जनाएको छ। 

सुर्खेत उडानकै लागि आगामी डिसेम्बरमा थप दुईवटा एटीआर ७२ जहाज ल्याउनलागेको बुद्ध एयरले जनाएको छ। 

कात्तिक ३०, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.