ad ad

राजनीति


गच्छदारलाई ओलीको व्यंग्य : जनताले जिताएर के गर्नु, हवल्दारसँग लुकेर हिँड्छन्

गच्छदारलाई ओलीको व्यंग्य : जनताले जिताएर के गर्नु, हवल्दारसँग लुकेर हिँड्छन्

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १४:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथि व्यंग्य कसेका छन्। 

सुनसरीको दुहबीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले जनताले जिताएर पठाएको मान्छे लुक्दै हिँड्नु विडम्बना भएको बताए। 

'सुनसरी ३ मा एउटा कर्मठ महिलालाई जिताउने कि लुकेर हिँड्नेलाई?', उनले भने मतदातालाई सोधे, 'यस जिल्लामा दुई कुराको फैसला गर्नुपर्छ। यस क्षेत्रले कस्तो मान्छे जिताउने?'

उनले गच्छदारलाई व्यंग्य कस्ने क्रममा जनताले जिताएर माथि पठाएको नेता हवल्दारसँग लुकेर हिँडेको बताए। 

'जितेर माथि पठायो मुद्दा लाग्छ। लुकेर हिँड्छ, भागेर हिँड्छ। जनताको प्रतिनिधि जनतामाझ हुनुपर्नेमा लुकेर हिँड्छ, कोसँग लुक्छभन्दा हवल्दारसँग। लोभिने कुरा देखेपछि मन थामिँदैन, बदमासी गर्छ र मुद्दा लाग्छ भागेर हिँड्छ।'

उनले देशभरी हेर्दा थारु जातिका छोरीले केही गरौँ भन्न खोजे बताउँदै भगवती चौधरीलाई जिताउन आग्रह गरेका छन्। 

ओलीले अब धोद्रो परेको बुढो रुख ढल्ने बताए। 'यस पटक सुनसरीमा कांग्रेसलई झाडु लगाएर बढार्नुपर्छ', उनले भने, 'नेकपा एमालेको आङ चुसेर ढाडिएर झरेकाहरु अहिले गठबन्धनका नाममा कांग्रेससँग टाँसिएर बसेका छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .