राजनीति


रवि लामिछानेको नागरिकताबारे प्रमाणका आधारमा निर्णय गर्छौं : निर्वाचन आयोग

रवि लामिछानेको नागरिकताबारे प्रमाणका आधारमा निर्णय गर्छौं : निर्वाचन आयोग

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १५:४२, काठमाडौँ

निर्वाचन आयागले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय गर्ने बताएको छ। 

बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।

उजुरीबारे उठेको प्रश्नको जवाफमा दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रमाणका आधारमा निर्णयमा पुग्ने जानकारी दिएका हुन्। 

थपलियाले अस्वाभाविक मतदान भएमा अर्को मतदान गरिने पनि बताएका छन्। 

अघिल्ला निर्वाचनहरुमा बुथ कब्जा हुने गरेका मतदान केन्द्रहरुमा हवाईगस्ती गरेर बदमासी हुन नदिने उनले बताए। 

परिणाम आएपछि चित्त नबुझे अदालतमा गएर न्याय खोज्न सकिने पनि उनले बताए। 

मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना उनले सुनाए। थपलियाले मंसिर २२ गते अन्तिम परिणाम  राष्ट्रपति बुझाउने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .