ad ad

राजनीति


मकवानपुरमा इन्द्र बानियाँ चढेको गाडीमा विप्लवका कार्यकर्ताद्वारा आक्रमण

मकवानपुरमा इन्द्र बानियाँ चढेको गाडीमा विप्लवका कार्यकर्ताद्वारा आक्रमण

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १४:३९, काठमाडौँ

नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा '२' का उम्मेदवार इन्द्रबहादुर बानियाँ सवार गाडीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा हानेर तोडफोड गरेका छन्। 

मकवानपुरको पश्चिमी मनहरी बजारदेखि हेटौँडातिर गइरहेका बेला बानियाँ सवार निजी गाडीमा आक्रमण भएको हो।

हेटौंडा उपमहानगरपालिका १९ दालिमटारमा गाडी पुगेका बेला ढुंगा हानेर तोडफोड भएको हो। ढुंगाले लागेर गाडीको अगाडिको शिशामा क्षति पुगेको छ।

यो घटनाको विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ। उसले मकवानपुर सेक्रेटरी उदीपले सांकेतिक कारबाही गरिएको जनाएका छन्। 

विज्ञप्तिमा बानियाँलाई‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ भनिएको छ। 'मकवानपुरमा कथित उम्मेदवारमध्ये भ्रष्ट राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठग, गुन्डागर्दीको नाइकेसमेत रहेको संघ २ को (ख) का उम्मेदवार इन्द्रबहादुर बाँनिया चढेको गाडी हेटौंडा - १९ बालिमटार पूर्व-पश्चिम राजमार्गमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको छ', उदीपले भनेका छन्। 

यता जिल्ला प्रहरी कार्यालयले भने अहिलेसम्म यस घटनाबारे केही जानकारी नआएको जनाएको छ। विप्लवले निर्वाचन बहिष्कार नीतिअनुसार देशका केही स्थानमा भौतिक आक्रमण थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .