राजनीति


कांग्रेस र माओवादीको संयुक्त वक्तव्य : फेक समाचारमा विश्वास नगर्नू

कांग्रेस र माओवादीको संयुक्त वक्तव्य : फेक समाचारमा विश्वास नगर्नू

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १५:१, काठमाडौँ

सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्न आममतदातालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालहरुमा दुई दलबीच फाटो ल्याउने दुरासयले सूचनाहरु सम्प्रेषण भएपछि कांग्रेस–माओवादीले संयुक्त रुपमा आह्वान गरेका हुन्। 

कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिवहरुले शनिबार दिउँसो संयुक्त वक्तव्य जारी गरेर प्रतिष्ठित अनलाइन मिडियासमेतको दुरुपयोग गरेर दुई दलबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्।  

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्,’ वक्तव्यमा भनिएको छ। 

निर्वाचनको अन्तिम घडीमा आममतदातामा अन्योल सिजर्ना गर्ने रचिएको भ्रमपूर्ण षडयन्त्रले राजनीतिक पराजयको मानसिकता पुष्टि भएको दुवै दलको ठहर छ। ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण  र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं।’

कांग्रेस र माओवादीले भ्रम सिर्जनालाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाही लागि निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन्। उनीहरुले अपराधपूर्ण काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग मागसमेत गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .