नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आईटी वारमा आफूहरू पछाडि परेको बताएका छन्। आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता कमजोरीहरूलाई हटाएर जानुपर्ने बताएका हुन्।
‘अहिले आईटीको जमाना हो। आईटी वारमा हामी पछाडि पर्यौँ। ती कमजोरीहरू पनि हटाएर जानु पर्यो,’ ओलीले भने, ‘पहिले हाम्रो पार्टीमात्रै लोकप्रिय थियो, अहिले धेरै तल घटाइएको छ। घटेको छ। यसलाई बढाउनुपर्ने छ।’
उनले जनता–राष्ट्रका समस्या उठाएर लोकप्रियता बढाउने र देशभक्तपूर्ण आन्दोलनले लोकप्रियता वृद्धि गर्ने बताए।
उनले सडक संघर्षको मोर्चातिर मनोबल घटेको बताए। ‘पार्टीलाई धक्का लाग्यो। धक्का खाएको बेलामा मनोबल बुलन्द हुँदैन,’ उनले भने, ‘सडक आन्दोलनका लागि पनि यस धक्काको असर छ, यसलाई पनि उठाउनुपर्ने छ।’
उनले जनताका बीचमा फेरि पनि पार्टी पुग्ने र समस्या सम्बोधनको इमान्दार प्रयासबाट लोकप्रियता हासिले गर्ने दाबी गरे।
Shares

प्रतिक्रिया