राजनीति


प्रचण्ड स्वदेश फिर्ता

प्रचण्ड स्वदेश फिर्ता

नेपालखबर
साउन ३, २०८३ आइतबार १५:५९, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका संयोजक दाहालको स्वकीय सचिवालयले जनाएको छ।

श्रीलङ्का भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad