राजनीति


पाँच वर्षअघिको तस्बिर सार्वजनिक गर्दै दीपकले भने : यो गल्ती दोहोरिन्न

पाँच वर्षअघिको तस्बिर सार्वजनिक गर्दै दीपकले भने : यो गल्ती दोहोरिन्न

पाँच वर्षअघिको चुनावमा मतदान गर्दै दीपकराज गिरी। तस्बिर : गिरीको फेसबुकबाट।


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:२३, काठमाडौँ

कलाकार दीपकराज गिरीले आज काठमाडौंको दहचोक मतदान केन्द्रबाट मतदान गर्दै छन्। निर्वाचनको दिन बिहानै उनले पाँच वर्षअघिको चुनावमा आफूले गल्ती गरेको संकेत गरेका छन्। उनले यो वर्ष त्यो गल्ती नदोहोरिने पनि बताएका छन्। 

उनले सामाजिक सञ्जालमा पाँच वर्षअघि मतदान गरेको तस्बिर सार्वजनिक गर्दै गल्ती नदोहोरिने उल्लेख गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘५ वर्ष अगाडिको फोटो हो यो, त्यति बेला गरिएको गल्ती यो पटक दोहोरिन्न।’ 

उनले नयाँ पुस्ताका उम्मेदवारलाई शुभकामना दिएका छन्। अगाडि लेखेका छन्, ‘नयाँ जोशका साथ आएका युवा उम्मेदवारहरूलाई शुभकामना।’

गिरीले यसअघि नै ६० कटेका उम्मेदवारलाई भोट नहाल्ने बताएका थिए। उनले यही अभिव्यक्तिका कारण निकै आलोचनासमेत खेप्नुपरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .