राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले गोरखा पुगेर मतदान गरेका छन्।
गोरखाको शहिद लखन गाउँपालिकास्थित रामेश्वरी माध्यमिक विद्यालय पुगेर मतदान गरेका उनले यो पटक फरक परिणाम आउने आँकलन गरेका छन्।
मतदानपछि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटोसमेत राख्दै उनले यस्तो आँकल गरेका हुन्।
३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी र चासो राख्दै आएको बताउँदै उनले यसपटक जनतामा निकै कम उत्साह देखिएको बताएका छन्।
वाग्लेले यो पटक सोझो गठजोडभन्दा फरक नतिजा आउन सक्ने पनि अनुमान गरेका छन्।
‘वितृष्णा छ। सोझो गठजोडभन्दा फरक नतिजा आउने आकलन', उनले भनेका छन्, 'राजनीति सुधार्न बाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौँ कि?,’
वाग्ले यो आमनिर्वाचनमा नेपाली कांग्रेसको घोषणा पत्रको प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक पनि थिए।
उक्त उपसमितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य थिए।
Shares

प्रतिक्रिया