ad ad

राजनीति


छिटफुटबाहेक मधेशमा शान्तिपूर्ण मतदान, ६२.५ प्रतिशत भोट खस्यो

आजै रातिदेखि गणना गर्ने तयारी
छिटफुटबाहेक मधेशमा शान्तिपूर्ण मतदान, ६२.५ प्रतिशत भोट खस्यो

जयन्त ठाकुर
मंसिर ४, २०७९ आइतबार १९:४८, जनकपुरधाम

मधेश प्रदेशका केही मतदान केन्द्रमा छिटफुट घटनाबाहेक प्रतिनिधि तथा प्रदेशसभाको मतदान सकिएको छ।

मधेश प्रदेशका केही मतदान केन्द्रमा सामान्य घटनाबाहेक मतदान शान्तिपूर्ण सम्पन्न भएको हो। 

मधेश प्रदेशमा ६२.५ प्रतिशत मतदान भएको छ। मतदानमा उत्साहपूर्ण सहभागितादेखिएन। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो। अहिले मधेश प्रदेशमा ६२.५ प्रतिशत मतदान मात्रै हुन सक्यो।
 

मधेश प्रदेशको बारामा सबैभन्दा ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। 

त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ। 

अहिले मतपेटिका संकलन गरेर तोकिएको मतगणनास्थलमा पठाउने काम चलिरहेको छ। आजै रातिबाट मतगणना गर्ने तयारी समेत गरिएको छ। 

४ जिल्लामा गोली चल्यो
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन मधेश प्रदेशको चारवटा जिल्लामा झडप भएको छ। प्रदेशको ४ जिल्लाको ५ स्थानमा सामान्य झडप भएको प्रहरीले जनाएका छन्।

आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएकोमा आठमध्ये ४ जिल्लामा सामान्य विवाद र झडप भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको पाँच ठाउँमा सामान्य झडप भएको जानकारी दिए। 

झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको उनले जानकारी दिए। प्रहरीले सिरहामा ३ राउण्ड र रौतहटमा १ राउण्ड हवाई फायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .