राजनीति


हिउँदे अधिवेशन आजदेखि : प्रमुख कार्यसूची सभामुख चयन

हिउँदे अधिवेशन आजदेखि : प्रमुख कार्यसूची सभामुख चयन

नेपालखबर
पुस ४, २०७६ शुक्रबार १:३९,

संघीय संसदको हिउँदे अदिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबार दिउँसो २ः०० बजे संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन बस्न लागेको हो।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ। आजको बैठककाे प्रमुख कार्यसूची प्रतिनिधि सभाको सभामुख चयन रहेको संसद सचिवालयले जनाएको छ।

१४ असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा अहिले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

महराले १५ असोजमा पदबाट राजीनामा दिएका थिए। उनको सांसद् पदसमेत निलम्बनकाे अवस्थामा छ।

शुक्रबारको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्ने सम्भावना छ। तर, यसको टुंगो भने लागिसकेको छैन।

सभामुख पद रिक्त रहेको अवस्थामा संसदका सबै काम उपसभामुखले गर्न पाउनुपर्ने माग तुम्बाहाङ्फेले गर्दै आएकी छन्।

संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ।

सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad