राजनीति


ललितपुर १ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

ललितपुर १ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:१०, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन कार्यालय, गोदावारीका अनुसार अहिलेसम्म १२ सय ८८ मत गणना भएको छ। 

जसमा नेकपा एमालेले ६ सय ६२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले ४ सय २ मत प्राप्त गरेकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ५१, जनता समाजवादी पार्टीले ५ र अन्यले ५ मत प्राप्त गरेका छन्। 

निर्वाचन अधिकृतको कार्यालका अनुसार ६५ मत बदर भएको जानकारी दिएको छ। 

ललितपुर १ मा एमालेका तर्फबाट नवराज सिलवाल, नेपाली कांग्रेसका तर्फबाट उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टी सचिन घिमिरे उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .