राजनीति


फुर्सदमा गगन थापा, मत गन्दैगर्दा पुगे फिल्म हल

फुर्सदमा गगन थापा, मत गन्दैगर्दा पुगे फिल्म हल

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:३३, काठमाडौँ

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको मतगणना चल्दै गर्दा काठमाडौं–४ का उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा फिल्म हल पुगेका छन्।

निर्वाचनका लागि लामो समय प्रचार–प्रसारमा रहेका थापा फर्सद पाएलगत्तै श्रीमती डा. अन्जना केसीका साथ फिल्म हल पुगेका हुन्। 

उनले फिल्म हलमा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ धेरै दिनको दौडधुप पछि आजको फुर्सद।’

महामन्त्री थापा २०७० को निर्वाचनदेखि मतदान सम्पन्न भएको भोलिपल्ट फिल्म हल जाँदै आएका थिए। उनको सचिवालयले २०७० र २०७४ को निर्वाचनको भोलिपल्ट फिल्म हल गएको पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .