नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ मा झण्डै दोब्बर मतले अगाडि छन्। प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेका ओलीले मतगणनाको सुरुवातबाट नै अगाडि थिए।
निर्वाचन आयोगले ९ हजार ९६९ मत गणना हुँदा ओलीले ५ हजार १६३ मत पाएका जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले दुई हजार ५७५ मत पाएका छन्।
अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँगै पराजित भएका थिए। ५७ हजार १३९ मतसहित ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनले २८ हजार २९७ मत पाएका थिए।
78
Shares
प्रतिक्रिया