यही मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका साथै समानुपातिक निर्वाचन प्रणालीतर्फका मत परिणाम पनि सार्वजनिक भइरहेको छ।
निर्वाचन आयोगले जानकारी गराएको ताजा विवरणअनुसार प्रतिनिधि सभातर्फ समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। उसले अहिलेसम्म समानुपातिक मत २ लाख १० हजार ३८३ प्राप्त गरिसकेको छ।
यसपछि दोस्रोमा नेपाली कांग्रेसले १ लाख ८७ हजार २ सय ७५ समानुपातिक मत ल्याएको छ भने रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९७ हजार ७ सय ५ मतका साथ तेस्रो स्थानमा छ।
हेर्नुहोस् अन्य पार्टीको समानुपातिक मत
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र)/(नेपाल समाजवादी पार्टी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
५०३४५
जनता समाजवादी पार्टी, नेपाल
जनमत पार्टी
१५६६१
नेपाल मजदुर किसान पार्टी
१२८३४
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
११२८५
नागरिक उन्मुक्ति पार्टी
९८२०
अन्य
४४४२७
स्रोत : निर्वाचन अयोग
Shares

प्रतिक्रिया