राजनीति


पराजय स्वीकार गर्दै राप्रपा नेपालले भन्यो : हिन्दु राष्ट्रको एजेण्डा कमजोर बन्यो

पराजय स्वीकार गर्दै राप्रपा नेपालले भन्यो : हिन्दु राष्ट्रको एजेण्डा कमजोर बन्यो

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:३४, काठमाडौँ

कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएकोमा चिन्ता व्यक्त गरेको छ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले ‘यसपटकको निर्वाचन परिणामबाट राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको एजेण्डा कमजोर भएकोप्रति चिन्ता प्रकट’ गरेको हो।

बैठकले आमचुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम भोग्नुपरेको भन्दै  परिणाम अपेक्षाकृत अनुकुल नभएता पनि जनताको अभिमतलाई सम्मान गर्दै प्रजातान्त्रिक मान्यता अनुसार राप्रपा नेपाल पराजयलाई स्वीकार गर्ने जनाएको छ।

पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन नसकेको तथा न्युनतम साधनश्रोतको समेत व्यवस्था हुन नसकेको राप्रपा नेपालको ठहर छ।

चुनावमा पराजयको वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायम रहेको बताएको छ। 

निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यका सम्वन्धमा अध्ययन अनुसन्धान गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न उपाध्यक्ष डा. बिष्णु भण्डारीको संयोजकत्वमा बसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मत जंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला ’चुनेली’ रहेको समितिको गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .