ad ad

कला


कस्मिर फाइल्सलाई लिएर फेरि बखेडा, इजरायली राजदूतले माग्नुपर्यो माफी

कस्मिर फाइल्सलाई लिएर फेरि बखेडा, इजरायली राजदूतले माग्नुपर्यो माफी

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:४०, काठमाडौँ

इजरायली फिल्ममेकर नादाव लापिडले बलिउड फिल्म द कस्मिर फाइल्सलाई ‘प्रोपगान्डा’ भनेपछि बखेडा सिर्जना भएको छ।

इन्टरनेसनल फिल्म फेस्टिबल इन्डिया (आईएफएफआई) को जुरी प्रमुख लापिडले सो फिल्मलाई प्रतिस्पर्धामा सामेल गरिएकोमा आफू चकित परेको समेत बताएका थिए।

‘हामीलाई यो प्रोपगान्डा, अश्लील फिल्मजस्तो लाग्यो, जुन यति प्रतिष्ठित फिल्म फेस्टिबलको प्रतिस्पर्धामा देखाइन उपयुक्त छैन,’ लापिडले सोमबार भनेका थिए।

सो फेस्टिबल भारतको सरकारको नेसनल फिल्म डेभेलपमेन्ट कर्पोरेसन र गोवा राज्य सरकारले आयोजना गरेको हो।

१९९० को दशकमा कस्मिरबाट लखेटिएका पण्डितहरुबारे बनाइएको सो फिल्मले तथ्यहरुलाई मोडेको र अझ धेरै घृणालाई जन्म दिएको भन्दै रिलिजकै बेला चर्को आलोचना खेपेको थियो। तथापि भारतमा त्यो सुपरहिट बनेको थियो। 

इजरायली फिल्ममेकरले यसलाई प्रोपगान्डा भनेपछि भारतीय हिन्दुवादीहरुले चर्को असन्तुष्टि जनाएका छन्। 

त्यसपछि भारतका लागि इजरायली राजदूतले माफी समेत मागेका छन्। 

‘एक मानवका रुपमा म लज्जित छु र हाम्रा आतिथेयसँग माफी पनि माग्छु,’ उनले लापिडलाई खुला पत्र लेख्दै भनेका छन्।

साथै, दूतावासका कर्मचारीहरुलाई मेसेजबक्समा गाली आएको संकेत पनि गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .