ad ad

राजनीति


पार्टीलाई युवाको हातमा लिने प्रकियाबारे सल्लाह गर्दैछौं : चन्द्र भण्डारी

पार्टीलाई युवाको हातमा लिने प्रकियाबारे सल्लाह गर्दैछौं : चन्द्र भण्डारी

नेपालखबर
मंसिर १७, २०७९ शनिबार ११:२६, काठमाडौँ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीबाट संसदीय दलका नेता कसलाई बनाउने भन्ने आफ्नो समूहमा छलफल गरेर मात्र भन्न सकिने बताएका छन्। पार्टीमा फरक मत राख्ने पुस्ताको संसदमा सशक्त उपस्थिति भएको उनले सुनाए। 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा गुल्मी २ बाट निर्वाचित भण्डारीले नयाँ पुस्ताको समूहमा छलफल गरेर दलको नेताबारे निर्णय लिने जानकारी दिए। ‘हाम्रो योङ जेनेरेसनको टिम आएको छ। धनराज, विश्वप्रकाश, प्रदीप, बद्री आउँदैछन्। हामीले बनाएको फरक मत राख्ने टिम आउँदैछन्,’ उनले भने, ‘हामी गएर त्यसमा छलफल गरेर पार्टीलाई पनि सुरक्षित गर्दै आफ्नो हातमा लिने प्रक्रिया बारे सल्लाह गर्छौ।’

भण्डारीले पार्टी पनि जोगाउने र दलमा नयाँ नेतृत्व पनि दिनुपर्ने चुनौती रहेको बताए। अहिलेको जनचाहाना युवाहरू आएर गरुन् भन्ने रहेको भन्दै भण्डारीले युवा भन्ने उमेरको मात्र परिभाषा नहुने उल्लेख गरे। 

अब सरकारको नेतृत्व गर्नेले सिंहदरबारमा गएर आफ्ना मन्त्री मात्र बनाउने कुरा हुन नहुने बताए। उनले सरकारको नेतृत्व गर्नेमा नयाँ सोच हुनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .