राजनीति


माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै

माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै

माओवादी बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १५:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।

आइतवार दिउँसो अढाई बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल हुने भएको छ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको थियो। 

माओवादीले सरकार बनाउन एमालेसँग पनि मिल्ने गरी निर्णय लिएपछि कांग्रेस झस्किएको छ।

तर निर्वाचनका क्रममा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी १७ सिटमा खुम्चिएपछि उक्त निर्णय लिन पुगेको बताइएको छ।

माओवादी बृत्तमा कांग्रेसले आफूहरुलाई भोट नदिएको भनेर असन्तुष्टि छ। त्यही असन्तुष्टिको प्रष्फुटन गर्दै माओवादीले शनिबारको बैठकबाट एमालेसँग पनि मिलेर सरकारमा जाने विकल्प खोलेको हो। 

सरकारमा जानेबारे सबै विकल्प खुला गरेपछि माओवादीले नेकपा एमालेसँग पनि मिल्न सकिने भनेर नेपाली कांग्रेसमाथि दबाब बढाएको छ। 

बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्। 

शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad