ad ad

राजनीति


माइतीघरमा जलाइयो मोदीको तस्बिर

माइतीघरमा जलाइयो मोदीको तस्बिर

भारतविरुद्ध माइतीघरमा भएको प्रदर्शन। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १५:२३, काठमाडौँ

दार्चुलास्थित महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन भएको छ।

अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्र र माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। 

कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हु्न्। उनीहरुले त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर पनि जलाएका छन्। 

भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन्। 

भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ। त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .