ad ad

राजनीति


नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ८:३१, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार काठमाडौंका आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताएका हुन्। ‘प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ,’ उनले भने। 

नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए।

‘हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको छ,’ उनले भने, ‘आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने छ।’  

मन्त्री श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको आरोप उनको थियो। ‘सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेका छन,’  उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .