प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र ईजरायलका राजदूत हनान गोदरबीच भेटघाट भएको छ।
बिहीबार जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
12
Shares
प्रतिक्रिया