भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र युवापुस्ताका चर्चित नायक विवेक ओवरायले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
बिहीबार ओवराय बावुछोरा प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए।
पारिवारिक भ्रमणमा बुधबार नेपाल आएका अभिनेताद्वयले आज चन्द्रागिरि हिल्सको भ्रमणसमेत गरेका छन्।
आमाबुवा, श्रीमती प्रियंका अल्वा, छोरा विवान र छोरी अमेयासँग नेपाल आएका विवेकले भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भेटघाट तथा अभिवादन कार्यक्रममा सहभागी हुने बताएका छन्।
यस्तै, सगरमाथा आधार शिविर, पोखरा, लुम्बिनी, काठमाडौंको पशुपतिनाथ मन्दिरलगायतका ठाउँ घुम्न आतुर रहेको भिडिओ सन्देशमार्फत उल्लेख गरेका छन्।
69
Shares
प्रतिक्रिया