सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरेर सुरु भएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू उपस्थित छन्।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिएका थिए।
लगत्तै, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो। बैठकमा संसदीय दल तथा नयाँ सरकार गठन र समसामयिक राजनीतिक बिषयमा छलफल हुँदैछ। देउवाले सोमबार या मंगलबार संसदीय दलको नेता चयनका लागि चुनाव गराउने तयारी गरिसकेका छन्।
नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन।
युवा नेता गगन थापाले पनि संसदीय दलको नेताका लागि तयारी अघि बढाएर देउवालाई चुनौती दिएका छन्।



Shares

प्रतिक्रिया