राजनीति


‘नेता-कार्यकर्ता बिग्रिए, साँझ नपर्दै रक्सीको बोतलसँग झुम्न थाले’

‘नेता-कार्यकर्ता बिग्रिए, साँझ नपर्दै रक्सीको बोतलसँग झुम्न थाले’

फाइल तस्बिर : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।


नेपालखबर
पुस ४, २०७९ सोमबार १३:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दलका नेता कार्यकर्ताहरुमा भ्रष्टीकरण बढ्दै गएको बताएका छन्। 

पार्टीकोतर्फबाट संघ र प्रदेशतर्फ निर्वाचित सांसदहरुलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको छ। राजनीतिका चुनौतीहरु बढ्दै गएका छन्', उनले भने, 'साँझ पर्न पाएको छैन, नेता कार्यकर्ताहरु रक्सीको बोतलमा झुम्म हुने क्रम बढ्दै गएको छ।'

उनले यस्ता विकृतिहरु स्वीकार्न नसकिने पनि बताएका छन्। 'यस्ता कुरा स्वीकार्न सकिँदैन। ठूला ठूला होटलमा गएर मस्ती गर्ने क्रम देखिएको छ', उनले भने, 'हामीले यसलाई सुधार्नु जरुरी छ। यदि कोही अनुशासनहीन कार्यमा लाग्छ भने हामी कठोर भएर कारवाही चलाउन सक्नुपर्छ।' 

नेपालले अहिले राजतन्त्र फर्काउने र परिवर्तन उल्ट्याउने खेल भइरहेको बताए। त्यस्ता कुरालाई स्वीकार्न कुरा पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad