राजनीति


देउवाविरुद्ध उठ्ने उम्मेदवार तय गर्न शेखर–गगन समूहको बैठक

देउवाविरुद्ध उठ्ने उम्मेदवार तय गर्न शेखर–गगन समूहको बैठक

फाइल।


नेपालखबर
पुस ५, २०७९ मंगलबार ९:५०, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बसिरहेको छ।

पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोईराबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो।

बैठक आज बिहान ८ बजेदेखि काठमाडौंको एक होटलमा जारी छ।

४ मंसिरको प्रतिनिधि सभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।

 दलको नेताका लागि यसअघि सर्वसम्मतको पहलमा नेताहरु लागेका थिए। तर बुधबार बिहान चुनाव गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

यसअघि आइतबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .