राजनीति


षड्यन्त्र र बुथ क्याप्चरलाई चिरेर एमाले लोकप्रिय पार्टी बन्यो : केपी ओली

षड्यन्त्र र बुथ क्याप्चरलाई चिरेर एमाले लोकप्रिय पार्टी बन्यो : केपी ओली

बधाई कार्यक्रमलाई सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १४:९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षडयन्त्र र बुथ क्याप्चरलाई चिरेर एमाले देशको लोकप्रिय पार्टी बनेको बताएका छन्। 

समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित काठमाडौंमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधनका क्रमा उनले यस्तो बताएका हुन्। 

'आगामी दिनमा अझै सफलतामा पुग्ने तयारीकासाथ अघि बढिरहेका छौँ', उनले भने, 'अफवाहको दुष्चक्रबाट यहाँ आइपुग्नु भएको सबैलाई बधाई!'

उनले एमालेले बहुमत ल्याउन नसकेको स्वीकार्दै विजय पनि खोसिएको बताएका छन्। 

'एमालेको गतिविधि र चाल जसले जहाँ बाट पनि सुन्न सक्छ। नेपाल बाट मात्रै होइन, अन्यत्रबाट पनि', उनले भने, 'हामीलाई कसैले टर्च बालेर खोज्नु पर्दैन। सामाजिक न्याय, परिवर्तन र रुपान्तरण कसरी हुन सक्छ भन्ने हामीले सोच्नपर्ने छ।'

उनले एमालेको विजय खोसिएको पनि दाबी गरे। 'हामीले बहुमत प्राप्त नगरेका होइनौँ तर हाम्रो विजय खोसिएको छ', उनले भने, 'राष्ट्रको एउटा अभिभावाकका रुपमा एमालेले झन्डै २ तिहाईको साथ सरकार बनाएका थियौँ। त्यसलाई झनै कमजोर बनाउने काम भयो। यो निर्वाचन बाट फेरि पनी हाम्रो विजय खोसिएको छ।'

उनले एमालेलाई हराउन राज्य सत्ताको चरम दुरुपयोग भएको बताए। 'राज्यसत्ताको चरम दुरुपयोग भएको छ। यसपटक जनताको मताधिकार खोसिएको छ। दुईजना सचेत नागरिकको हत्या भएको छ। लोकतन्त्रमा यो मिल्ने कुरा नै होइन।' 

उनले मंसिर ४ को निर्वाचनमा केही ठाउँमा ९९ प्रतिशतसम्म मतदान भएको प्रसंग पनि झिके। 'नेपालजस्तो देशमा ९९ प्रतिशत भोट हाल्नु, मरेका मान्छेले भोट हाल्नु जस्ता कुराहरु वास्तवमै दु:खद छन्', उनले भने, 'आगामी दिनमा पनि हामीले अलोकतान्त्रिक र अवान्छित क्रियाकलाप रोक्न सक्नु पर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad