राजनीति


कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

देउवाको पक्षमा ६४, थापाको पक्षमा २५
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०७९ बुधबार १०:५७, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्।

देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्।

निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्। 

तर यसको औपचारिक घोषणा हुन बाँकी छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो।

समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ॐ हस्पिटलबाट मत ल्याइएको हो। अरुले सिंहदरबार पुगेर मतदान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .