राजनीति


माधव नेपालको अवस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड

माधव नेपालको अवस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड

त्रिवि शिक्षण अस्पालमा देउवा र प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस ६, २०७९ बुधबार १५:४, काठमाडौँ

स्वास्थ्यमा समस्या भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अवस्था बुझ्न सत्तारुढ दुई शीर्ष नेता पुगेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका उनलाई भेट्न बुधबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्८ पुगेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाकार गोविन्द परियारले दुवै नेताले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको बताएका छन्। 

नेपाललाई संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको थियो। 

यसअघि नेपालले एक साताअघि थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए। 

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको एकीकृत समाजवादीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad