ad ad

राजनीति


लिङ्देनलाई लामाको जवाफ–गणतन्त्र मास्ने राजनीति गर्नु ३ करोड जनताको रगत खानुसरह

लिङ्देनलाई लामाको जवाफ–गणतन्त्र मास्ने राजनीति गर्नु ३ करोड जनताको रगत खानुसरह

फाइल तस्बिर : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र चलचित्र निर्देशक दीपेन्द्र लामा


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १४:२, काठमाडौँ

 सांसद पदको शपथ खाँदा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह...’ भनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलाई चलचित्र निर्देशक दीपेन्द्र लामाले कडा जवाफ दिएका छन्। 

बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ खाँदा अध्यक्ष लिङ्देनले संविधानको व्यवस्थाअनुसारको शपथका साथै आफूले पनि अलग्नै अर्को बेहोरा थपेर खाएका थिए। उनले भनेका थिए, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु।’

यस विषयमा निर्देशक लामाले शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

उनले जनताका छोराछोरी देशको नेतृत्वमा पुग्न सक्ने गणतन्त्र मासेर फेरि राजा, महाराजालाई दरबारमा फर्काउने राजनीति गर्नु आमाको रगत मात्र नभएर तीन करोड जनताकै रगत खानुसरह हो भनी कटाक्ष गरेका हुन्। 

निर्देशक लामाले लेखेका छन्, ‘तीन करोड जनतामध्ये जो कोही पनि देशको सर्वोच्च पदमा पुग्नसक्ने गणतन्त्रलाई मासेर राजामहाराजा र तिनका खलकलाई दरबारमा फर्काउने उद्देश्यका साथ राजनीति गर्नु भनेको आमाको मात्र होइन, तीन करोड मान्छेको रगत खानु सरह खतरनाक हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .