राजनीति


विश्वप्रकाश शर्माको आग्रह– गठबन्धन टुट्न नदिऊँ, रास्वपा साथमा लिएर सरकार बनाऊँ

विश्वप्रकाश शर्माको आग्रह– गठबन्धन टुट्न नदिऊँ, रास्वपा साथमा लिएर सरकार बनाऊँ

फाइल तस्बिर : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा


नेपालखबर
पुस १०, २०७९ आइतबार ११:३३, काठमाडौँ

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन नै भत्किने हो कि भन्ने आशंका भइरहेका बेला प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लचकता अपनाएर भए पनि गठबन्धन टुट्न नदिन आग्रह गरेका छन्। 

बहुमत जुटाई सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समय आजै अपराह्न ५ बजे सकिँदै छ। तर गठबन्धनका दलले यस विषयमा अझै सहमति जुटाउन सकेका छैनन्। 

यसैबीच नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले कसैसँग एक्लो बहुमत नभएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात् गर्न आग्रह गरेका हुन्। 

गठबन्धन गर्दा पनि सामान्य बहुमत नपुग्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिएर सरकार गठन गर्नुपर्ने तर्क उनले गरेका छन्। 

गठबन्धनको बैठक जारी रहेकै बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२/२/१ मा परिपक्वता परिपक्वता छ तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ।’

यस क्रममा उनले निम्न ६ बुँदा उल्लेख गरेका छन्।  

१. गठबन्धन टुट्नु हुन्न

२. रास्वपा गाँसेर जानु तर्कपूर्ण

३. संसद ५ वर्ष टिकाउन साझा अपनत्व

४. लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र

५. रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना

६. सत्तामा अनुभवी र नयाँको संयोजन

७. राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पिरिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad