राजनीति


प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १८:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डरीले नयाँ सरकार गठनको लागि दिएको समयसीमा आज साँझ ५ बजेबाट सकिँदै थियो। यस्तोमा प्रचण्डले ६ दलका १६६ जना सांसदको समर्थनसहित सरकारमा दाबी गरेका थिए। 

प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले समर्थन गरेका छन्।

तिनै सांसदहरुको समर्थन लिएर प्रचण्डले राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठनको दाबी राष्ट्रपति समक्ष पेश गरका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad