राजनीति


मा‌ओवादीले कांग्रेसलाई ‘मुर्गा’ बनाएको होइन : दीनानाथ शर्मा

मा‌ओवादीले कांग्रेसलाई ‘मुर्गा’ बनाएको होइन : दीनानाथ शर्मा

रिपोर्टर्स क्लबमा बोल्दै माओवादी नेता दीनानाथ शर्मा। तस्बिर : रिपोर्टर्स नेपाल


नेपालखबर
पुस १२, २०७९ मंगलबार १९:३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफूहरुले नेपाली कांग्रेसलाई मुर्गा नबनाएको बताएका छन्। 

‘हामी मओादीले कांग्रेसलाई मुर्गा बनाएको होइन। हामी त राम्रो बनाउन आएका हौँ', उनले भने, 'कांग्रेसलाई ठूलो पार्टी बनाइदिएका हौँ। शक्तिशाली बनाऔँ।’

रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउने बताए। 

‘मन्त्रिमण्डलले छिट्टै पूर्णता पाउँछ। विगतजस्तो महिनौं दिन लागेन। हिजै ८ सदस्यीय मन्त्रिमण्डल बन्यो। हिजै मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो। सुशासन र सेवा प्रवाहमा केन्द्रित गर्ने भनेर निर्णय गरेको छ', उनले भने, 'जनताको समस्या समाधान गर्ने कुरा गरेको छ। प्रचण्डको लागि यो दुई वर्ष युग बदल्न र बेथिति अन्त्य गर्ने अवसर छ। सरकार बन्दै गर्दा सेयर मार्केटमा नयाँ उत्साह छ। जनतामा नयाँ विश्वास र आशा पैदा भएको छ। यो सरकारले जनताको अपेक्षा पूरा गर्ने संकल्प गरेर आएको छ।’

उनले नेकपा एमाले र माओवादी मिलेर नै घि बढ्ने बताए। 'कम्युनिष्टहरुबीच आपसमा फुट्ने र मिल्ने काम भएको छ। अब सहकार्य गरेर जानुपर्छ। यो अहिलेको जनादेशको मर्म पनि हो,’ उनले भने। 

ओली र प्रचण्डले तिक्ततालाई भुल्ने बताए। ‘म हिजोतिर फर्किएर अब कसैलाई आरोपित गर्ने पक्षमा छैन। हिजोलाई बिर्सिऔँ', उनले थपे, 'हिजोको आत्मसमीक्षा जरुरी छ। तर, सकारात्मक रुपमा गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad