राजनीति


चुनावअघि एमाले छाडेका प्रभु साहलाई भेटे महेश बस्नेतले

चुनावअघि एमाले छाडेका प्रभु साहलाई भेटे महेश बस्नेतले

नेपालखबर
पुस १२, २०७९ मंगलबार २१:१७, काठमाडौँ

उपमहासचिव रघुवीर महासेठसँगको विवादमा चुनावको मुखमा नेकपा एमाले छाडेका स्थायी कमिटी सदस्य प्रभु साहलाई युवा नेता महेश बस्नेतले भेटेका छन्। 

मंगलबार साँझ नेता साहको काठमाडौंस्थित निवासमा पुगेर बस्नेतले साहसँग वार्ता गरेका हुन्। उक्त वार्ताका क्रममा अर्का एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झा र युवासंघका अध्यक्ष किरण पौडेल पनि सहभागी थिए।

मंसिर ४ को निर्वाचनमा साह रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उठेर विजयी भएका थिए। उनीनिकट किरण साह पनि रौतहट २ बाट विजयी भएका छन्। यी दुवैले सोमबार प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन्।

एमालेले दिएको टिकट त्याग्दै नेपाली कांग्रेस र माओवादीको समर्थनमा साह प्रतिनिधिसभामा उठेका थिए। निर्वाचन जितेपछि सम्भावित राजनीतिक यात्रा अघि बढाउन साहले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि वार्ता गरेका थिए।

एमालेले साधारण सदस्यबाटै निष्कासित गरेपछि साह सर्लाहीबाट प्रतिनिधिसभामा विजयी डा. अमरेश सिंहसँग मिलेर नयाँ दल खोल्ने कोसिसमा पनि छन्। तर उनले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा एमाले अध्यक्ष ओलीनिकटमध्ये एक नेता बस्नेतले भेटेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउने गरी कांग्रेसबाहेकका दल र सांसदलाई सरकारको समर्थनमा उभ्याउने प्रयासमा एमाले र माओवादीका नेताहरू लागिरहेका छन्। त्यहीअन्तर्गत यो वार्ता भएको अनुमान गरिएको छ। तर वार्ताको विस्तृत विवरण दुवै पक्षले खुलाइसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .