राजनीति


माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २४, २०७९ आइतबार ९:५५, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ। केहीबेरपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

दलको बैठकमा प्रधानमन्त्रीले २६ पुसमा लिने विश्वासको मत र संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल हुने बताइएको छ।

पार्टीभित्र छलफल गरेर सत्ता गठबन्धनमा प्रदेशको नेतृत्व बाँडफाँट गर्ने विषयमा पनि छलफल गर्नेगरी प्रचण्डले सांसदहरुसँग छलफल गर्न लागेको स्रोतले बताएको छ।

यसअघि शनिबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले ५ सदस्यीय वृहत् वाम एकताका लागि वार्ता टोली समेत गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .