कला


कलाकार संघमा पाका र तन्नेरी पुस्ताबीच भिडन्त, सविन भन्छन्– चलचित्र क्षेत्रको ‘बालेन’ बन्न चाहन्छु

कलाकार संघमा पाका र तन्नेरी पुस्ताबीच भिडन्त, सविन भन्छन्– चलचित्र क्षेत्रको ‘बालेन’ बन्न चाहन्छु

नेपालखबर
पुस २४, २०७९ आइतबार १०:५, काठमाडौँ

कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघ १९औँ अधिवेशनको तयारीमा छ। आगामी चैत ४ गते संघले नयाँ नेतृत्व चयन गर्ने छ। अधिवेशन आउन २ महिना बाँकी छँदै संघको नेतृत्व लिन चाहने कलाकारले उम्मेदवारी घोषणा गरिरहेका छन्। 

कलाकारले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन्। संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, सदस्य सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। 

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुशान्तको खासै चर्चा छैन। लामो समय कलाकारितामा बिताएका मोहन र पछिल्लो समय सामाजिक कार्यमा क्रियाशील सविनको उम्मेदवारी घोषणा चर्चामा छ। 

सञ्जालमा सविन र मोहनका पक्ष खुलेर लागेका छन्। धेरैजसो युवा पुस्ताका कलाकारले सविनलाई समर्थन गरिरहेका छन्। पाको पुस्ताका कलाकार भने मोहनसँग संस्था चलाउने अनुभव भएका कारण उनी संघको योग्य उम्मेदवार भनेर दाबी गरिरहेका छन्। 

मोहन लामो समयदेखि कलाकारितामा छन्। उनले संघको स्थापना कालदेखि संस्थाभित्र रहेर काम गरिरहेका छन्। 

पछिल्लो समय कलाकारितामा आएका सविनले केही फिल्ममा काम गरेका छन्। उनी आफूले फिल्मी क्षेत्रबाट भन्दा सामाजिक कामका कारण चर्चामा छन्। पछिल्लो समय सविन सार्वजनिक शौचालयको व्यवस्थापन र सेनिटरी प्याड वितरणमा सक्रिय छन्। 

सविनले सामाजिक सञ्जालमार्फत बोलेर भन्दा गरेर देखाउने भन्दै उम्मेदवारी घोषणा गरेका छन्। सविनले उम्मेदवारी घोषणापछि फिल्म क्षेत्रका  ‘बालेन’का रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad