राजनीति


प्रतिक्रियावादीको घेराबन्दी चिरेर सरकारको नेतृत्व गर्न सफल भयौँ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रियावादीको घेराबन्दी चिरेर सरकारको नेतृत्व गर्न सफल भयौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस २७, २०७९ बुधबार १४:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताएका छन्।

बुधवार काठमाडौंमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन्। उनले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको बताए। 

उनले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै सो सफलतालाई कम आँक्नु नहुने बताए। 

प्रधानमन्त्री दाहालले भने, ‘यतिबेला चाहिएको छ सरकारलाई र पार्टी नेतृत्वलाई तपाईहरुको धेरै मद्दत चाहिएको छ। प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो। सजिलै आएको होइन। हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो। यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन। परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरुलाई नियुक्ति गर्ने बारेमा तपाईंहरुले उठाउनुभएको ध्यानाकर्षण नोट भयो। र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास/प्रयत्न गर्नेछु।’

प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिए। सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .