राजनीति


विप्लवसँग पार्टी एकताको प्रस्ताव लिएर कपिलवस्तु पुगे महरा

विप्लवसँग पार्टी एकताको प्रस्ताव लिएर कपिलवस्तु पुगे महरा

नेत्रविक्रम चन्द विप्लवसँग कपिलवस्तुमा कृष्णबहादुर महरा


नेपालखबर
पुस २९, २०७९ शुक्रबार २१:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन्। 

नेकपासँग पार्टी एकताका लागि प्रस्ताव लिएर महरा विप्लवसँग वार्ता गर्न गएका हुन्। 

महरा निकट एक नेताका अनुसार उनले पूर्वमाओवादीहरु एकजुट भएर प्राप्त उपलब्धि जोगाउनुपर्ने बताएका थिए। 

जवाफमा विप्लवले माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकमा आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल गर्ने जवाफ दिएको ती नेताले बताए। 

माओवादी केन्द्रसँग पार्टी एकता गर्न विप्लव इच्छुक नदेखिएको ती नेताको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .