ad ad

राजनीति


गृहजिल्ला पुगेर कमल थापाको प्रतिवद्धता : प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ

गृहजिल्ला पुगेर कमल थापाको प्रतिवद्धता : प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ

नेपालखबर
माघ ३, २०७९ मंगलबार २०:१५, हेटाैँडा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएको बताएका छन्।

आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले प्रजातान्त्रिक शक्ति निर्माणको यात्रा रोकिने नभई अबिछिन्न रहने बताए।

म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै थापाले आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

‘स्वाभिमानीपूर्वक पार्टी उठाउँछौं, उठ्छौँ, उनले भने।’ 

आम निर्वाचनपछि पहिलो पटक गृहजिल्ला फर्किएर कार्यक्रममा सहभागी बनेका थापाले निर्वाचनमा ठूलो अपेक्षा नभएपनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरतापूर्वक लिएको बताए।

राप्रपा नेपालको औचित्य र महत्व अझै बढेको बताउँदै थापाले ‘हामीलाई सरकारमा गएर गल्ति गर्यो, गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरु आज कता छन्’, भन्दै प्रश्न गरे।

‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो?, शक्तिशाली ठाउँ त महाधिवेशन हो’ उनले भने। 

महाधिवेशनले पास गरेको नीति विपरित राप्रपा सत्तामा गएको भन्दै उनले आलोचना गरे। 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र यसको नेतृत्वलाई समाप्त पार्छौं भन्नेको सपना पुरा हुन नदिने दृढता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .