प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २० को उपदफा (१) बमोजिम रजिष्ट्रार पदमा छथर पोखरी–३ तेह्रथुम स्थायी घर भई हाल कामनपा–३२ कोटेश्वर निवासी प्राडा पेशल दाहाललाई नियुक्त गरेका छन्।
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ। नवनियुक्त रजिष्ट्रारले आज त्रिवि रजिष्ट्रारको कार्यालयमा पदबहाली गरेका छन्। रासस

प्रतिक्रिया