ad ad

राजनीति


एमालेनिकट युवा संघद्वारा निवेश यादवसहित ५ जना निष्काशित

एमालेनिकट युवा संघद्वारा निवेश यादवसहित ५ जना निष्काशित

नेपालखबर
माघ ५, २०७९ बिहिबार २१:१३, काठमाडौँ

नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले निवेश यादवसहित ५ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

संघले बिहीवार जारी गरेको विज्ञप्तिमा तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज निवेश यादवसहित संघको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभ्रेका वीरेन्द्र लामालाई कारबाही गरिएको उल्लेख गरेको छ।

उनीहरुले पार्टी र संघको हित बिपरीत गतिविधि गरेको भन्दै साधारण सदस्य समेतबाट निष्काशन गरेको विज्ञप्तिमा उल्लेख छ।

संघका तत्कालीन रौतहट जिल्ला ईन्चार्ज निवेश यादव नेकपा एमालेको जिल्ला अधिवेशनहरुमध्ये देशकै सबैभन्दा कम उमेरमा निर्वाचित जिल्ला कमिटीका सदस्य थिए।

हालै सम्पन्न आम निर्वाचनको बेला एमालेले जसपासँग गठबन्धन गरेपछि आपत्ति जनाउँदै यादवले असोज २२ गते संघको स्थायी कमिटी सदस्य तथा रौतहट ईन्चार्जको भूमिकाबाट राजीनामा दिएका थिए।

लगत्तै प्रभु साहले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई समर्थन जनाउँदै यादवले पनि एमाले परित्याग गरेका थिए।

यादव अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीको केन्द्रीय प्रचारप्रसार विभाका उपप्रमुख हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .