पाली कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बस्दै छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काका अनुसार शुक्रबार (६ माघ) बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाइएको हो।
बैठकमा उपसभामुखको उम्मेदवारबारे छलफल हुने खड्काले बताए। ‘संसदीय दल कार्यसमितिको बैठक बोलाइएको हो, उपसभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल हुन्छ।’ खड्काले नेपालखबरसँग भने।
बुधबार (५ माघ) मा भएको सभामुख पदका लागि पनि कांग्रेसले उम्मेदवारी दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख पदमा भने उम्मेदवारी दिने भएको हो।
संसद सचिवालयका अनुसार आज उपसभामुखको मनोनयन छ भने भोलिलाई मतदान तोकिएको छ।
माघ ६, २०७९, शुक्रबार
33
Shares
प्रतिक्रिया