ad ad

राजनीति


कम्युनिस्टहरू एकै ठाउँ हुनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

कम्युनिस्टहरू एकै ठाउँ हुनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

नेकपा बहुमतको टोलीसँग प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १५:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन्। 

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बाँस्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले यसो भनेका हुन्। 

‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोबारे अहिले पनि बहस छलफल चलिरहेको छ', उनले भने, 'नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीबीच अहिले यसबारे छलफल सुरू भएको छ। तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए। 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बाँस्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए।

‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ', उनले भने, 'अहिलेको परिस्थितिमा कसरी अधिकतम् काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’

‘जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइबारे सरकार गम्भीर छ', उनले भने, 'यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .