राजनीति


सरकार ढाल्ने र बनाउने क्षमता कांग्रेससँग छ : कोइराला

सरकार ढाल्ने र बनाउने क्षमता कांग्रेससँग छ : कोइराला

नेपालखबर
माघ ११, २०७९ बुधबार १९:४७, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिपक्षी दल भएकाले सरकार ढाल्ने र बनाउने क्षमता रहने बताएका छन्।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका अन्य मुलुकको संसदमा समेत प्रतिपक्षीको भूमिका यस्तै हुने टिप्पणी गरे।

‘प्रतिपक्षीको भूमिका भनेकै गभर्मेन्ट इन वेटिङ हो’ कोइरालाले भने, ‘हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नु पर्छ र सरकार बनाउने पनि। यो विश्वका विकसित मुलुकका पार्लियामेन्टमा हुने खेल पनि यही हो।’

अर्को प्रंसगमा नेता कोइरालाले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले उम्मेदवारी दिने बताए। तर उनले कांग्रेसभित्र उम्मेदवार टुंगो भने लागि नसकेको बताए।

राष्ट्रपतिको चुनावका लागि अरु दलसँग पनि छलफल भइरहेको कोइरालाको भनाई थियो।

उनले बाहिर चर्चामा आएजस्तो बाबुराम भट्टराईलाई भने राष्ट्रपतिमा सहयोग नगर्ने स्पष्ट पारे।

वामपन्थीकै प्रधानमन्त्री, उच्चस्तरीय संयन्त्रको अध्यक्ष र राष्ट्रपति पनि वामपन्थीलाई नै स्वीकार गर्न नहुने उनले बताए।

‘नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवारी दिन्छ। त्यसलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्छौं’ उनले भने, ‘नत्र चुनाव लड्छौं।’

व्यवसायी प्रेमप्रसाद आचार्यले असन्तुष्टि व्यक्त गर्दै गरेको आत्मदाहको विषयमा भने सबै गम्भीर हुनुपर्ने कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .