ad ad

राजनीति


प्रचण्डको ब्रिफिङ : एमालेले साथ नदिएको भए माओवादी सत्ताबाहिर हुन्थ्यो

फेरि दोहोर्‍याए राष्ट्रपतिमा सर्वदलीय सहमतिको कुरा
प्रचण्डको ब्रिफिङ : एमालेले साथ नदिएको भए माओवादी सत्ताबाहिर हुन्थ्यो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १८:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन नदिन बाहिर निकै तयारी भएकैले कांग्रेससँगको गठबन्धन टुटेको ब्रिफिङ पार्टी बैठकमा गरेका छन्।

बिहीबार दिउँसो पेरिस डाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले कांग्रेससहितको गठबन्धन टुट्नुका कारणहरु खुलाएका हुन्।

'कांग्रेससहित ४ दलीय गठबन्धन किन जोगिएन?,' प्रचण्डले बैठकमा भने, 'हाम्रो नेतृत्वमा सरकार बन्न नदिन बाहिर पूरै तयारी भएको रहेछ। त्यही वातावरण बनाएपछि कांग्रेस ढुक्क भएको रहेछ, नयाँ जनादेशपछि कांग्रेसले प्रधानमन्त्रीको दाबी नछोड्नुको कारण त्यही हो।'

पुस २ गते बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग गरेको समझदारीअनुसार काम नगरी बाहिरी तत्वको कुरा सुन्दा गठबन्धन छाड्नुपरेको प्रचण्डले बैठकमा बताएका छन्। 

आफूसँगको समझदारी भुलेर कांग्रेसले धोका दिएको गुनासो प्रचण्डले गरेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले नेपालखबरलाई बताए।

बिहीबार बसेको माओवादी स्थायी समिति बैठक

'कांग्रेसले ठूलो धोका दिएको हो नि! हामीसँग एउटा समझदारी गर्ने अनि माओवादीलाई सत्ताबाहिर राख्ने अन्तको डिजाइनमा साथ दिन तयार भएर बसेको रहेछ', प्रचण्डले बैठकमा भने, 'गठबन्धनका पार्टनरहरुले पनि सहयोग गरेको देखिएन। संख्याभन्दा बढी भाग माग्ने गरेर समस्यामा पारे।' 

कांग्रेसले रोक्न खोजे पनि नेकपा एमाले लगायतका दलहरुको सहयोगमा माओवादीकै नेतृत्वमा सरकार गठन भएकोले यसलाई जोगाउनुपर्ने दायित्व आफ्नो भएको प्रचण्डले बताए।

'तपाईंहरुले देख्नु भएकै छ, अहिले नयाँ गठबन्धन कसरी अघि बढेको छ,' प्रचण्डले थपे।

उनले अब कांग्रेससहित सबै दलबीच एउटा सहमति बनाउन लाग्नुपर्ने बताएका छन्। 

'अलिक गम्भीर हुनुपर्ने अवस्था छ, यहीबेला राम्रो सोचिएन भने भविष्यमा समस्या पर्नसक्छ,' उनले बैठकमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .