ad ad

राजनीति


रविले पत्रकारलाई भने : म अनागरिकलाई के प्रश्न गर्नुहुन्छ?

रविले पत्रकारलाई भने : म अनागरिकलाई के प्रश्न गर्नुहुन्छ?

नेपालखबर
माघ १३, २०७९ शुक्रबार १९:८, काठमाडौँ

सर्वोच्च अदालतबाट नागरिकता रद्द गरिएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्। 

नागरिकता रद्दको फैसलापछि गृहमन्त्रालयबाट निस्कँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फैसलाको स्वागत गरेका हुन्। 

सञ्चारकर्मीले सोधेको एक प्रश्नमा उनले भने, ‘अनागरिकले के गर्छ सबले बुझेकै छन्।’

सर्वोच्च अदालतको फैसलालाई कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिए, ‘स्वागत गर्छु। सर्वोच्च अदालत भन्दा माथि अर्को कुनै निकाय छ र?’

रास्वापाको अध्यक्षको हैसियतबारे उनले भने, ‘म अब अध्यक्ष रहिन।’

थप प्रश्नबारे बोल्न नचाहेका उनले भने, ‘तपाइँहरुले कसलाई प्रश्न गर्नुभएको? प्रश्न सोध्न त एउटा परिचय चाहिएला नि। यतिखेर एउटा परिचय नभएको, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

समसामयिक राजनीतिबारे रास्वापाको धारणा बुझ्न खोज्दा ‘थाह भएन’ भन्दै उनी निजी गाडीमा मन्त्रालयबाट बाहिरिए।

रवि लामिछाने गैरनागरिक रहेको सर्वोच्चको ठहर, सांसद पद पनि गयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .